कर्मचारी सञ्चय कोषमा जागिर खुल्यो, ३८ जना कर्मचारी आवश्यकता

कर्मचारी सञ्चय कोषमा जागिर खुल्यो, ३८ जना कर्मचारी आवश्यकता

शुक्रवार, चैत्र ८ २०८१
शुक्रवार, चैत्र ८ २०८१
  • कर्मचारी सञ्चय कोषमा जागिर खुल्यो, ३८ जना कर्मचारी आवश्यकता

    काठमाडौं ।  कर्मचारी सञ्चय कोषमा ३८ जना कर्मचारीको लागि जागिर खुलेको छ ।खुला प्रतिस्पर्धाबाट स्थायी पदपूर्तिका लागि कोषले प्रमुख सहायकदेखि प्रबन्धकसम्म ३८ जनाका लागि दरखास्त आह्वान गरेको हो । 

    कोषले प्रशासनतर्फ प्रमुख सहायक (पाँचौँ तह)मा २२ जना पदपूर्ति गर्न लागेको छ। सहायक प्रबन्धक (छैटौँ तह)तर्फ प्रशासन, कानुन र प्राविधिक तथा सूचना प्रविधिमा ११ जनाका लागि दरखास्त आह्वान गरिएको छ।

    यसैगरी उपप्रबन्धक (सातौँ तह)तर्फ चार्टर्ड एकाउन्टेन्ट ३ जना र प्रशासनमा १ जना पदपूर्तिका लागि कोष दरखास्त खुलाएको छ। आठौँ तहको प्रबन्धकमा पनि प्रशासनतर्फ १ जना कोषले पदपूर्ति गर्ने भएको छ।

    इच्छुक योग्य व्यक्तिले यो सूचना प्रकाशित मितिले २१ दिनभित्र र दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र अनलाइनमार्फत आवेदन दिनुपर्नेछ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij