एसइईमा विद्यार्थीलाई चिट चोराउने २ निरीक्षक पक्राउ

एसइईमा विद्यार्थीलाई चिट चोराउने २ निरीक्षक पक्राउ

शुक्रवार, चैत्र ८ २०८१
शुक्रवार, चैत्र ८ २०८१
  • एसइईमा विद्यार्थीलाई चिट चोराउने २ निरीक्षक पक्राउ

    काठमाडौं । यस वर्षको एसईई परीक्षामा पर्खाल नाघ्दै चिट चोराएको फोटो भिडियो त भाइरल भएको देखिएको थियो । तर आज डिजिटल माध्यमबाट समेत चिट चोर्नेरचोराउने गरेको खुलासा भएको छ । 

    ह्वाट्स एप ग्रुपमार्फत् चिट चोराउने दुई जना निरीक्षकलाई बारा प्रशासनले आज बिहान पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा पन्नादेवी कन्या मावि सेन्टरकी निरीक्षक रञ्जु कुमारी र रनिङ गार्डको रुपमा खटिएका सौरभ रहेका छन् । उनीहरुले गल्ती स्वीकार गरेको र हिरासतमा राखेर कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij