विपद् उद्धारमा खटिँदा ज्यान गुमाएका इन्स्पेक्टर बडूवाललाई ५ लाख रुपैयाँ दिने

विपद् उद्धारमा खटिँदा ज्यान गुमाएका इन्स्पेक्टर बडूवाललाई ५ लाख रुपैयाँ दिने

बिहिवार, चैत्र ७ २०८१
बिहिवार, चैत्र ७ २०८१
  • विपद् उद्धारमा खटिँदा ज्यान गुमाएका इन्स्पेक्टर बडूवाललाई ५ लाख रुपैयाँ दिने

    काठमाडौं ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काभ्रेको रोशीमा विपद् उद्धारमा खटिँदा स्वास्थ्य समस्या भएर ज्यान गुमाएका सशस्त्र प्रहरी इन्स्पेक्टर दिलबहादुर बडूवाललाई ५ लाख दिने भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले सो निर्णय गरेको हो । 

    असोज ११ र १२ मा आएको अविरल वर्षपछि रोशी गाउँपालिकामा उद्धारमा खटिएका बडूवाल गम्भीर बिरामी परेर उपचारको क्रममा उनको असोज २८ मा मृत्यु भएको थियो । बडूवाललाई सम्मान गर्ने र परिवारलाई ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । 

    कार्यकारी समितिको ३० औँ बैठकले खोज तथा उद्धार टोलीको क्षमता अभिवृद्धिका लागी पाँचवटा पाठ्यक्रम पारित गरेको छ । मनसुनजन्य विपद्बाट क्षतिग्रस्त र पश्चिम नेपालको भूकम्प पछिको पुनर्निर्माण र पुनर्स्थापना योजनामा छुट भएका विषयहरूलाई पूरक अंगको रूपमा समावेश गर्न राष्ट्रिय परिषद् बैठकमा लैजाने निर्णय गरेको छ । आर्थिक वर्षको बजेट तर्जुमामा गर्दा तिनै तहका सरकारको विपद् बजेट कोड राखेर विनियोजन गर्न अर्थ मन्त्रालयमा लेखेर पठाउने निर्णय गरिएको छ ।

    यस वर्षको मनसुनजन्य विपद्बाट क्षतिग्रस्त भएका निजी आवासको आगामी साताबाट क्षति आकलन गर्ने प्राधिकरणले तयारी गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij