बलात्कार मुद्दाका थुनुवा पाटन अस्पतालबाट फरार

बलात्कार मुद्दाका थुनुवा पाटन अस्पतालबाट फरार

बिहिवार, चैत्र ७ २०८१
बिहिवार, चैत्र ७ २०८१
  • बलात्कार मुद्दाका थुनुवा पाटन अस्पतालबाट फरार

    काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालबाट बलात्कार मुद्दाका एक थुनुवा फरार भएका छन् । अछाम घर भएका १९ वर्षीय दीपक साउद बुधवार दिउँसो पाटन अस्पतालबाट भागेका हुन् ।

    प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका साउदलाई ज्वरो आएपछि प्रहरीले चेकजाँच गर्न पाटन अस्पताल लगेको थियो ।

     ‘शौचालय जान्छु’ भनेपछि प्रहरी कर्मचारीले हतकडी खोलेर पठाउँदा उनी भाग्न सफल भएका हुन् । उनको खोजी तीव्र पारिएको छ ।

    १९ वर्षका साउद १७ वर्षकी किशोरीसँग लिभिङ टुगेदरमा बस्दै आएका थिए । ती किशोरीले केही समयअघि बच्चा समेत जन्माएकी थिइन् ।

    विवाह गर्ने उमेर समेत नहुँदा आफूखुसी विवाह गरेर बच्चा समेत जन्माएको अवस्था रहेको प्रहरीको भनाइ छ । आफूलाई बेवास्ता गर्न थालेपछि १७ वर्षीया किशोरी बच्चाकी आमाले उनीविरुद्ध बलात्कार जाहेरी दिएकी थिइन् । त्यसपछि साउद पक्राउ परेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij