विश्वको सवैभन्दा खुसी देश फिनल्यान्ड, नेपाल कति नम्बरमा ?

विश्वको सवैभन्दा खुसी देश फिनल्यान्ड, नेपाल कति नम्बरमा ?

बिहिवार, चैत्र ७ २०८१
बिहिवार, चैत्र ७ २०८१
  • विश्वको सवैभन्दा खुसी देश फिनल्यान्ड, नेपाल कति नम्बरमा ?

    काठमाडौं । फिनल्यान्ड फेरि एक पटक विश्वकै सवैभन्दा खुसी देश सावित भएको छ ।  ७.७३६ अङ्कसहित १४७ देशहरूको सूचीमा लगातार आठौँ पटक पनि फिनल्यान्ड विश्वकै सर्वाधिक खुसी देश घोषित भएको हो । 

    प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक समर्थन, स्वस्थ औषत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणाहरु जस्ता विभिन्न तत्वहरुका आधारमा विश्व खुशी प्रतिवेदनले सामान्यतया १५० देशहरुलाई क्रमबद्ध गर्दछ ।

    जसमा नेपाल ५.३११ अङ्कसहित ९२ औँ स्थानमा रहेको छ । गएको वर्षको ५.१५८ अङ्कसहित नेपाल ९३ औँ स्थानमा रहेको थियो ।

    फिनल्यान्ड बाहेक, डेनमार्क, आइसल्यान्ड र स्विडेन क्रमशः शीर्ष चारमा रहेका छन् । हरेक देशका सहभागीहरूलाई आफ्नो जीवनको मूल्याङ्कन गर्न सोध्दा दिइएको जवाफको आधारमा प्रतिवेदनले देशको वरियता तय गरेको हो । 

    यसको अर्थ नेपालको खुसी स्तर समीक्षा अवधिमा बढेको छ । सूचीमा भारत १२६ औँ स्थानमा छ भने पाकिस्तान १०९ औँ स्थानमा रहेको छ ।

    यी हुन् २०२५ मा विश्वका २० सबैभन्दा खुसी देशहरू :

    १. फिनल्याण्ड
    २. डेनमार्क
    ३. आइसल्याण्ड
    ४. स्वीडेन
    ५. नेदरल्याण्ड्स
    ६. कोस्टा रिका
    ७. नर्वे
    ८. इजरायल
    ९.लक्जमबर्ग
    १०. मेक्सिको
    ११. अष्ट्रेलिया
    १२. न्यूजील्याण्ड
    १३. स्विट्जरल्याण्ड
    १४. बेल्जियम
    १५. आयरल्याण्ड
    १६.लिथुआनिया
    १७.अस्ट्रिया
    १८. क्यानडा
    १९. स्लोभेनिया
    २०. चेक गणराज्य

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij