गोरखपुरबाट नेपाल घुम्न आएका एक युवक कालीगण्डकीमा बेपत्ता, खोजी कार्य जारी

गोरखपुरबाट नेपाल घुम्न आएका एक युवक कालीगण्डकीमा बेपत्ता, खोजी कार्य जारी

बुधवार, चैत्र ६ २०८१
बुधवार, चैत्र ६ २०८१
  • गोरखपुरबाट नेपाल घुम्न आएका एक युवक कालीगण्डकीमा बेपत्ता, खोजी कार्य जारी

    काठमाडौं । भारतको उत्तर प्रदेश स्थित गोरखपुर जिल्लाबाट नेपाल घुम्न आएका एक जना युवक कालीगण्डकी नदीमा बेपत्ता भएका छन् ।

    पाल्पाको  बगनासकाली गाउँपालिका ५ राम्दीघाट स्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बुधबार २५ वर्षीय शिवम पाण्डे बेपत्ता भएको प्रहरीले जनाएको छ । 

    पाण्डे कालीगण्डकी नदीमा नुहाउने क्रममा बुधबार बेपत्ता भएका हुन् । उनीसँगै घुम्न आएका अन्य तीन जना भने सकुशल रहेको जनाइएको छ । 

    पाली सेना, नेपाल प्रहरी र स्थानीयहरुको सहयोगमा पाण्डेको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij