शिक्षक सेवा आयोगको सदस्यमा सुवेदी र सापकोटा नियुक्त

शिक्षक सेवा आयोगको सदस्यमा सुवेदी र सापकोटा नियुक्त

बुधवार, चैत्र ६ २०८१
बुधवार, चैत्र ६ २०८१
  • शिक्षक सेवा आयोगको सदस्यमा सुवेदी र सापकोटा नियुक्त

    काठमाडौं । शिक्षक सेवा आयोगको रिक्त सदस्य पदमा पवित्रा सुवेदी र रामशरण सापकोटा नियुक्त भएका छन् । चैत चार गते बसेको मन्त्रिपरिषद बैठकले सुर्खेतकी सुवेदी र मकवानपुरका सापकोटालाई शिक्षक सेवा आयोगको सदस्य पदमा नियुक्त गरेको हो । 

    उनीहरुको पदावधि पाँच वर्षको हुन्छ । नियुक्ति सिफारिसका लागि लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी तथा सदस्यहरुमा त्रिविका उपकुलपति केशरजंग बराल र शिक्षा मन्त्रालयका सचिव दीपक काफ्ले रहेको समिति गठन गरिएको थियो ।

    गत माघ १ गते समितिले १५ दिनको समय दिएर दरखास्त आह्वान गर्दा ३१ जनाको आवेदन परेको थियो । संक्षिप्त सूचीमा परेका ११ जनामध्येबाट उच्चतम अंक प्राप्त गर्ने सुवेदी र सापकोटा नियुक्तिका लागि सिफारिस भएका थिए ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij