स्वास्थ्य मन्त्रालयको माग्यो अतिरिक्त सचिवका लागि आवेदन

स्वास्थ्य मन्त्रालयको माग्यो अतिरिक्त सचिवका लागि आवेदन

बुधवार, चैत्र ६ २०८१
बुधवार, चैत्र ६ २०८१
  • स्वास्थ्य मन्त्रालयको माग्यो अतिरिक्त सचिवका लागि आवेदन

    काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेको १२ औं तहको दुई अतिरिक्त सचिवका लागि आवेदन माग गरेको छ । आज बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै दुई अतिरिक्त सचिवका लागि आवेदन माग गरेको हो । 

    बढुवा समितिले २०८१ असार मसान्तसम्म ५ वर्ष सेवा अवधि पूरा भएका एघारौं तहका अधिकृत कर्मचारीहरुलाई बढुवा सम्बन्धी व्यक्तिगत विवरण फारम मन्त्रालयको वेबसाइटबाट डाउनलोड गरी उक्त विवरण सम्बन्धित निकायबाट प्रमाणित गराई दर्ता गर्न भनेको छ ।

    सूचनामा भनिएको छ,‘नेपाल स्वास्थ्य सेवाको अधिकृत बाह्रौं तहको अतिरिक्त स्वास्थ्य सचिव रिक्त पद संख्या २ (दुई) मा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा २५ (२) बमोजिम कार्य सम्पादन क्षमताको आधारमा बढुवा सिफारिस गर्नुपर्ने भएको हुँदा २०८१ असार मसान्तसम्म ५ वर्ष सेवा अवधि पुरा भएका एघारौं तहका अधिकृत कर्मचारीहरुले आवेदन दिन सक्नेछन् ’ ।

    उक्त पदमा आवेदन दिन इच्छुक व्यक्तिले १५ दिनभित्र मन्त्रालयको कर्मचारी प्रशासन शाखामा विवरण दर्ता गर्न मन्त्रालयले जनाएकाे छ । 

    मन्त्रालयमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल र अतिरिक्त सचिव डा.दीपेन्द्र रमण सिंहले फागुन १२ गते अवकाश पाएका थिए ।

    सचिवमा डा. विकास देवकोटाले जिम्मेवारी पाएपछि मन्त्रालयमा अहिले १२ औं तहको अतिरिक्त सचिवका दुई पद रिक्त छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij