स्ववियु निर्वाचन : कुन संगठनले कहाँ कहाँ जिते ?

स्ववियु निर्वाचन : कुन संगठनले कहाँ कहाँ जिते ?

बुधवार, चैत्र ६ २०८१
बुधवार, चैत्र ६ २०८१
  • स्ववियु निर्वाचन : कुन संगठनले कहाँ कहाँ जिते ?

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । पछिल्लो मतपरिणामअनुसार नेपाल विद्यार्थी संघ (नेविसंघ) अगाडी रहेको छ । 

    नेविसंघले ९९ कलेजको स्ववियु अध्यक्ष जितेको छ । कतिपय कलेजहरूमा नेविसंघको पुरै प्यानल नै विजयी भएको छ । दोस्रो नम्बरमा रहेको अनेरास्ववियुले हालसम्म ८६ कलेजमा स्ववियु अध्यक्ष जितेको छ । त्यस्तै तेस्रो नम्बरमा रहेको अखिल क्रान्तिकारीले ७३ कलेजको स्ववियु अध्यक्ष जितेको छ । 

    काठमाडौँ उपत्यकाका विभिन्न कलेजमा भएको निर्वाचनको मत परिणाम समेत आउने क्रम जारी छ । हालसम्म नेपाल कमर्स क्याम्पस र महेन्द्ररत्न क्याम्पस ताहाचलमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् । कमर्स क्याम्पसमा विशाल रोकाहा र महेन्द्ररत्नमा ईश्वर थापा अध्यक्षमा निर्वाचित भएका छन् । 

    यस्तै, थापाथली इन्जिनियरिङ र महाराजगन्ज नर्सिङ क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवार विजयी भएका छन् । थापाथलीमा प्रल्हाद खड्का र महाराजगञ्जमा विन्दु पोखरेल अध्यक्षमा निर्वाचित भएका छन् । 

    त्यस्तै अखिल (क्रान्तिकारी) ले जनप्रशासन क्याम्पस र सानोठिमी बहुमुखी क्याम्पस भक्तपुरमा जित निकालेको छ । जनप्रशासनमा अनिकेत तिवारी र सानोठिमीमा नरेन्द्र ठगुन्ना अध्यक्ष निर्वाचित भएका हुन् ।

    पुलचोक इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन् ।

    चैत ५ गते देशभरका ३८ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको थियो । काठमाडौं उपत्यका त्रिवि विश्वविद्यालय क्याम्पस कीर्तिपुर, आरआर, त्रिचन्द्र, नेपाल ल, विश्वभाषा, अस्कल, शंकरदेव, पद्यकन्या, सरस्वती, पब्लिक युथ, पाटन लगायत ११ ठुला क्याम्पसमा भने स्ववियु निर्वाचन हुन सकेन ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij