विद्युत् प्राधिकरणको प्रधान कार्यालयका सबै बैंक खाता रोक्का

विद्युत् प्राधिकरणको प्रधान कार्यालयका सबै बैंक खाता रोक्का

बुधवार, चैत्र ६ २०८१
बुधवार, चैत्र ६ २०८१
  • विद्युत् प्राधिकरणको प्रधान कार्यालयका सबै बैंक खाता रोक्का

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको प्रधान कार्यालयका सबै बैंक खाता रोक्का भएका छन् । क्षतिपूर्ति नदिएका कारण उच्च अदालत पाटनको आदेशपछि प्राधिकरणका बैंक खाता रोक्का भएका हुन् । 

    चमेलिया जलविद्युत आयोजनाका ठेकेदार चिनियाँ कम्पनी सिजिजिसीले प्राधिकरणविरुद्ध हालेको रिटमा उच्च अदालतले गत भदौ ३० गते क्षतिपूर्ति दिनुपर्ने आदेश गरेको थियो । तर, प्राधिकरणले पैसा नदिएपछि ठेकेदार कम्पनी पुनः अदालत गएको थियो । 

    सुरुमा ८५ करोड दाबी गरिएको मुद्दामा प्राधिकरणले भुक्तानी नगरेपछि पेनाल्टी सहित १ अर्ब ५९ करोड क्षतिपूर्ति दिन उच्च अदालतले आदेश दिएको थियो । 

    प्राधिकरणलाई उक्त रकम भुक्तानी गर्न ७ दिनको समय दिइएको भएपनि खातामा त्यति पैसा नभएपछि प्राधिकरणले सो रकम भुक्तानी गर्न सकेको थिएन । अदालतको आदेशपछि प्राधिकरणका बैंक खाता रोक्का भएको हाे । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij