काठमाडौं । थापाथली इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा नेवि संघका प्रल्हाद खड्का निर्वाचित भएका छन् । उनले १ हजार ७ सय ७ मत ल्याएर विजयी भएका हुन् ।
स्ववियुको सचिवमा अखिल क्रान्तिकारीका जेसिस उपाध्याय र कोषाध्यक्षमा नेविसंघकै ऋषिकेश प्रजापती निर्वाचित भएका छन् । मतगणना सकिए पनि आधिकारिक घोषणा हुन भने बाँकी छ ।