काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० मा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन्।
मंगलबार साँझ सम्पन्न मतगणना अनुसार श्रेष्ठ १ हजार १ सय २ मतसहित विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी माओवादी निकट विद्यार्थी संगठनका उम्मेदवार रसिक लम्सालले ७ सय १० मत ल्याएका छन् । स्नातक सिभिल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत श्रेष्ठ निर्वाचित भएका हुन् ।
विद्यार्थीको प्रतिनिधि विद्यार्थी हुनुपर्ने दलबाट हुन नहुने भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
सचिवमा अखिल क्रान्तिकारीका दिवस सापकोटाले १ हजार ६४ मत ल्याएर निर्वाचित भएका छन् । कोषाध्यक्षमा अनेरास्वियुका अल्बर्ट ढकालले १ हजार ४२ मत ल्याएर निर्वाचित भएका छन् । पुल्चोकमा ३ हजार ८ सय ७ जना मतदाता थिए ।