वीरगञ्ज सुक्खा बन्दरगाहमा ‘ट्यांक कन्टेनर’, आउन थाल्यो

वीरगञ्ज सुक्खा बन्दरगाहमा ‘ट्यांक कन्टेनर’, आउन थाल्यो

मंगलवार, चैत्र ५ २०८१
मंगलवार, चैत्र ५ २०८१
  • वीरगञ्ज सुक्खा बन्दरगाहमा ‘ट्यांक कन्टेनर’, आउन थाल्यो

    काठमाडौं । वीरगञ्ज सुक्खा बन्दरगाहमा ‘ट्यांक कन्टेनर’ आउन थालेको छ । गत आइतबार पहिलो पटक कच्चा तेल बोकेको कन्टेनर रेल सुक्खा बन्दरगाह आएको हो ।

    बारा, जीतपुरको खाने तेल उत्पादक उद्योग, शिवशक्ति प्रालिले खरिद गरेको सोयाविन तेलको कच्चा पदार्थ (कच्चा तेल) बोकेको ट्यांक कन्टेनर सुक्खा बन्दरगाहमा आएको हो। 

    २० फुटे ९० वटा ट्यांक कन्टेनरमा २० हजार टन कच्चा तेल अर्जेन्टिनाबाट हल्लिया हुँदै पहिलो पटक वीरगञ्ज सुक्खा बन्दरगाह मार्फत नेपाल भित्रिएको हो ।

    सडक मार्गबाट मात्र ढुवानी हुँदै आएको कच्चा तेल रेलबाट ढुवानी गर्दा सडकमार्गको तुलनामा ढुवानी भाडामा औसत १५ प्रतिशत बचत हुने अनुमान छ। 

    सन् २००४ देखि सञ्चालनमा आएको वीरगञ्ज सुक्खा बन्दरगाहमा सुरूमा कन्टेनर, बल्क, ब्रेकबल्क कार्गो मात्र आउने गरेकोमा गत वर्ष असारदेखि लुज कार्गो (कोइला) आउन थालेको थियो। 

    अहिले सुक्खा बन्दरगाहमा कच्चा तेल समेत आउनु थालेको हो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij