सुन तस्करी मुद्दामा ५ वर्ष जेल बसेका थिए २५ करोडसहित समातिएका कुशाङ लामा

सुन तस्करी मुद्दामा ५ वर्ष जेल बसेका थिए २५ करोडसहित समातिएका कुशाङ लामा

मंगलवार, चैत्र ५ २०८१
मंगलवार, चैत्र ५ २०८१
  • सुन तस्करी मुद्दामा ५ वर्ष जेल बसेका थिए २५ करोडसहित समातिएका कुशाङ लामा

    काठमाडौं । काठमाडौंको झोरबाट करिब २५ करोड बराबरको विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ।

    सोमबार राति काठमाडौंको झोरबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एउटा गाडी (ना ७ ख १६५२)  र एक व्यक्तिसहित २५ करोड बराबरको रकम बरामद गरेको थियो।

    पक्राउ पर्नेमा भोटेकोशी गाउँपालिका–१ का कुशाङ लामा रहेका छन्। उनी पहिला पनि सुन तस्करीको मुद्दामा ५ वर्ष जेल बसेका थिए।

    केरूङबाट दुई जनाले उक्त परिमाणको रकम केरूङसम्म ल्याउन भनेका थिए। उक्त सूचना प्रहरीले पाएको थियो। लगत्तै प्रहरीले अपरेसन सुरू गरेको थियो।

    शंका लागेपछि काठमाडौंको झोरबाट उक्त गाडी चेक गर्दा ठूलो परिमाणमा प्रहरीले रकम बरामद गरेको हो । उनीमाथि थप अनुसन्धान जारी रहेको छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij