१२८ चिनियाँ पर्यटक लिएर सिचुआन एयरलाइन्सले गर्यो पोखरा विमानस्थलमा अवतरण

१२८ चिनियाँ पर्यटक लिएर सिचुआन एयरलाइन्सले गर्यो पोखरा विमानस्थलमा अवतरण

मंगलवार, चैत्र ५ २०८१
मंगलवार, चैत्र ५ २०८१
  • १२८ चिनियाँ पर्यटक लिएर सिचुआन एयरलाइन्सले गर्यो पोखरा विमानस्थलमा अवतरण

    काठमाडौं । १२८ चिनियाँ पर्यटक लिएर सिचुवान एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । आजदेखि पोखरा– छेन्दु रुटमा नियमित व्यावसायिक १० हप्ता चार्टर उडान हुने तालिकाअनुसार पहिलो दिन सिचुवान एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । 

    छेन्दुबाट आएको यो जहाजबाट १ सय २८ यात्रु पोखरा ओर्लिएका छन् । पोखराबाट १ सय २० यात्रु सोही उडानबाट छेन्दु जानेछन् ।

    पोखरामा यसअघि प्रवद्र्धनात्मक चार्टर उडान भए पनि नियमित उडान सुरु हुन सकेको थिएन । अब सिचुआनले नियमित चार्टर उडान गर्ने भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij