पाटन क्याम्पसमा मतदान रोकियो, सहमतिको प्रयास जारी

पाटन क्याम्पसमा मतदान रोकियो, सहमतिको प्रयास जारी

मंगलवार, चैत्र ५ २०८१
मंगलवार, चैत्र ५ २०८१
  • पाटन क्याम्पसमा मतदान रोकियो, सहमतिको प्रयास जारी

    काठमाडौं । पाटन संयुक्त क्याम्पसमा १०० मत खसेपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान रोकिएको छ । फर्जी विद्यार्थीलाई मतदान गर्न दिएको भन्दै नेविसंघले विवाद सिर्जना गरेपछि निर्वाचन रोकिएको हो । 

    अहिले सर्वपक्षीय बैठक बसेर सहमतिको प्रयास भइरहेको छ । मतदाता कार्डको विवाद मिलाउन उम्मेदवार, सङ्गठनका प्रतिनिधि र क्याम्पस प्रमुख सहितको बैठक बसिरहेको छ । 

    बिहान पौने ९ बजेबाट सुरु भएको मतदानमा १०० जनाले मतदान गरेपछि विवाद सिर्जना भएको हो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij