२५ करोड रुपैयाँसहित काठमाडौंमा दुई जना पक्राउ

२५ करोड रुपैयाँसहित काठमाडौंमा दुई जना पक्राउ

मंगलवार, चैत्र ५ २०८१
मंगलवार, चैत्र ५ २०८१
  • २५ करोड रुपैयाँसहित काठमाडौंमा दुई जना पक्राउ

    काठमाडौं ।  काठमाडौंबाट २५ करोड रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन् ।

    प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको हो । नेपाली रुपैयाँ, अमेरिकी डलर र युरोसहित उनीहरुलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    काठमाडौंको झोर महाकाल क्षेत्रबाट ना.१ ख १६५२ नम्बरको ट्रकबाट सो रकम बरामद गरिएको हो । ट्रक चालकसहित दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij