हालसम्मकै उच्च मुल्यमा पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

हालसम्मकै उच्च मुल्यमा पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

मंगलवार, चैत्र ५ २०८१
मंगलवार, चैत्र ५ २०८१
  • हालसम्मकै उच्च मुल्यमा पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।  आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ हालसम्मकै उच्च हो । 

    सोमबार प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कायम भएको महांसंघले जनाएको छ ।

    गत फागुन ३० गते कायम उचाई १ लाख ७४ हजार ५ सय रुपैयाँको उचाईलाइै ब्रेक गर्दै नयाँ उचाई बनाएको हो ।

    आज चाँदीको मुल्य प्रतितोलामा १० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा २ हजार ५० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा २ हजार ४० रुपैयाँमा कारोबार भएको थियो।

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij