स्थगित भयो आरआर क्याम्पसको स्ववियु निर्वाचन

स्थगित भयो आरआर क्याम्पसको स्ववियु निर्वाचन

मंगलवार, चैत्र ५ २०८१
मंगलवार, चैत्र ५ २०८१
  • स्थगित भयो आरआर क्याम्पसको स्ववियु निर्वाचन

    काठमाडौं । काठमाडौं प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा स्ववियु निर्वाचन स्थगित भएको छ । 

    सबै तयारी पूरा भइसकेको अवस्थामा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले क्याम्पसको मूल गेटमा तालाबन्दी गरेपछि चुनाव स्थगित गरिएको हो ।

    सम्पूर्ण तयारी सम्पन्न भएको अवस्थामा क्याम्पस प्रवेशद्वारामा तालाबन्दी भएको र प्रतिकुल अवस्था सृजना भएकोले निर्वाचन स्थगित गरिएको क्याम्पस प्रमुख पदमकुमार अधिकारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ । 

    अनेरास्ववियुले सोमबार मध्यराति क्याम्पसको प्रवेशद्वारमै ताला लगाएको हो । क्याम्पस प्रशासनले फर्जी कार्ड (नक्कली परिचयपत्र) जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको दाबी गरेको छ ।

    यसैबीच सुरक्षाको कारण देखाउँदै अमृत साइन्स क्याम्पसमा आज हुने भनिएको स्ववियु निर्वाचन स्थगित गरिएको छ । त्रिविको विश्वविद्यालय क्याम्पसमा पनि आज मतदान हुने छैन । प्रक्रिया केही ढिलो सुरु भएकोले विश्वविद्यालय क्याम्पसमा ८ गते मतदानको मिति तोकिएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij