काठमाडौं । बारीमा उम्रिएको च्याउ खादा तनहुँमा एक जनाको मृत्यु भएको छ । च्याउ खाएर बिरामी तनहुँको म्याग्दे गाउँपालिका-६ सर्वलाङका ३० वर्षका नारायण मगरको मृत्यु भएको हो ।
उनको गएराति पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।
बारीमा उम्रिएको च्याउ खाएका १० जना बिरामी भएका थिए । तीमध्ये गम्भीर बिरामी दुई जनाको आइसियुमा उपचार भएकोमा एक जनाको ज्यान गएको हो । ४ वर्षीय सुमित पुलामी गम्भीर बिरामी भएका छन् ।
म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरले बारीमा उम्रिएको च्याउ शान्तिटोलस्थित मामाघारमा लगेर पकाएर खाँदा १० जना बिरामी भएका थिए ।