काठमाडौं । जिल्लाको लिखु तामाकोसी गाउँपालिका वडा न ६ खिम्ती छ्तउ्ने खोला नजिक फोर्स गाडी दुर्घटना भएको छ । सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् । भारतीय आर जे १४ टि डि ८६८७ नम्बरको फोर्स गाडी दुर्घटना भएको हो ।
रामेछाप गोकुलगंगा गाउँपालिका वडा ४ बेताली बाट भारतको जयपुर जाँदै थियो । उक्त फोर्स गाडी ब्रेकको फेल भई सडकबाट करिब ५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।
गाडी दुर्घटनामा रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका–४ बेताली बस्ने सुस्मा खड्का, लेखबहादुर खड्का, पूर्णबहादुर सार्की, सुजन भुजेल, हेटौँडा उपमहानगरपालिका बस्ने तेजबहादुर खड्का, विष्णुदेवी खड्का, लालवन्दी नगरपालिका –१५ बस्ने कालीबहादुर खड्का घाइते भएका छन् ।
घाइतेको मन्थली अस्पतालमा उपचार भैरहेको छ ।