भक्तपुरबाट विक्रीका लागि ल्याइएको ब्रोकाउलीमा भेटियो विषादी

भक्तपुरबाट विक्रीका लागि ल्याइएको ब्रोकाउलीमा भेटियो विषादी

सोमवार, चैत्र ४ २०८१
सोमवार, चैत्र ४ २०८१
  • भक्तपुरबाट विक्रीका लागि ल्याइएको ब्रोकाउलीमा भेटियो विषादी

    काठमाडौं । भक्तपुरबाट विक्रीका लागि कालिमाटी तरकारी बजारमा ल्याइएको ब्रोकाउलीमा विषादी भेटिएको छ । भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा सोमबार ल्याइएको ब्रोकाउलीमा ८८.६७० प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको हो । 

    केन्द्रीय कृषि प्रयोगशालाले सोमबार कालीमाटी तरकारी बजारका १८ पसलको १८ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो ।

    परीक्षण क्रममा ब्रोकाउलीमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त ब्रोकाउली उपभोग अयोग्य रहेको जनाइएको छ ।

    सरकारले रोकावट प्रतिशतको दर ३५ भन्दा कम हुँदा उपभोग योग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ । यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij