काभ्रे बेथानचोकको गोरखनाथ सामुदायिक वनमा डढेलो

काभ्रे बेथानचोकको गोरखनाथ सामुदायिक वनमा डढेलो

सोमवार, चैत्र ४ २०८१
सोमवार, चैत्र ४ २०८१
  • काभ्रे बेथानचोकको गोरखनाथ सामुदायिक वनमा डढेलो

    काठमाडौं । काभ्रेको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देमा रहेको गोरखनाथ सामुदायिक वनमा गएरातिदेखि डढेलो लागेको छ ।

    वनमा राति ११ बजेदेखि लागेको डढेलो नियन्त्रणका लागि आज बिहानैदेखि प्रहरी, स्थानीय जनप्रनितिनिधि, वन उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीयवासीले प्रयास गरिरहेका छन् ।

    आगलागी भएको स्थान मानव बस्तीबाट टाढा रहेकाले हाललाई मानव बस्तीमा जोखिम भने देखिएको छैन । 

    वनमा २– ३ किलोमिटर डढेलो फैलिएको छ ।  त्यहाँको विस्तृत विवरण आउन बाँकी छ ।

    यसअघि गएको माघमा यही क्षेत्रको महाभारत पर्वतशृङ्खलाअन्तर्गत खानीखोला गाउँपालिका–१ मा रहेको थामलेखडाँडाको महाभारत जङ्गलमा लागेको डढेलो चार दिनपछि हेलिकप्टरमार्फत पानी हालेर निभाइएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij