आईडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी सचिव लामा पक्राउ

आईडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी सचिव लामा पक्राउ

सोमवार, चैत्र ४ २०८१
सोमवार, चैत्र ४ २०८१
  • आईडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी सचिव लामा पक्राउ

    काठमाडौं । आईडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीका सचिव कुयाङछुयाङ दोर्जे लामा पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा फरार रहेका लामालाई काठमाडौं जिल्ला अदालतले बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो ।

    लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले फागुन २८ गते काठमाडौंको अनामनगरबाट पक्राउ गरेको हो ।

    लामालाई पक्राउ गरी आवश्यक कारवाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाईएको छ । उनी विरुद्ध बैंकिङ कसुर मुद्दामा प्रहरी वृत्त मालिगाउँ काठमाडौंमा मुद्दा चलेको थियो । लामाको बिगो ४ करोड ९ लाख २७ हजार १ सय ३७ रुपैयाँ रहेको छ ।

    उक्त सहकारी ठगी प्रकरणमा संथाका अध्यक्ष केबी उप्रेती २०८१ असार १९ गते पक्राउ परेका छन् । यो सहकारी ठगीमा अन्य उपाध्यक्ष मनोज कुमार थापामगर लगायत दर्जनौ व्यक्ति अझै फरार रहेका छन् । विभिन्न ५ वटा सहकारी मर्ज भएर आईडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था बनेको थियो ।

    मर्ज हुनुअघिका सबै सञ्चालक तथा पदाधिकारीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पक्राउ परेका लामा आईडियल यमुना बहुउद्देश्यीय सहकारीका अध्यक्ष तथा मर्ज भएर बनेको संस्थाका सचिव हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij