भारतीय नम्बर प्लेटको गाडी मकवानपुरको इन्द्रसरोवरमा दुर्घटना, ४ जना घाइते

भारतीय नम्बर प्लेटको गाडी मकवानपुरको इन्द्रसरोवरमा दुर्घटना, ४ जना घाइते

सोमवार, चैत्र ४ २०८१
सोमवार, चैत्र ४ २०८१
  • भारतीय नम्बर प्लेटको गाडी मकवानपुरको इन्द्रसरोवरमा दुर्घटना, ४ जना घाइते

    काठमाडौं । मकवानपुरको उत्तरी क्षेत्रस्थित इन्द्रसरोवर गाउँपालिकामा भारतीय नम्बर प्लेटको फोर्स गाडी दुर्घटना भएको छ । चार जना घाइते भएका छन् । 

    कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्छामा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको युपि ७० एनटी ६९१७ नम्बरको भारतीय फोर्स दुर्घटना भएको हो । 

    गाडिमा सवार १७ जनामध्ये ४ जना यात्रु घाइते भएको र उनीहरुलाई उपचारको लागि हेटौंडा अस्पातालमा ल्याइएको प्रहरीले जनाएको छ । 

    घाइते सबै भारतीय नागरिक रहेका छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा भारत उत्तर प्रदेश जिल्ला राइबेली ग्राम यनटिबेसी उचहर बस्ने ५५ वर्षीय राजकरण तिवारी, ३८ वर्षीय जितेन्द्रप्रताप सिंह, ४४ वर्षीय अजय मिश्र र ३८ वर्षीय अभयप्रताप सिंह रहेका छन् । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij