भक्तपुरका पाँच वटा पसलमा आगलागी हुँदा करिब १२ लाखको क्षति

भक्तपुरका पाँच वटा पसलमा आगलागी हुँदा करिब १२ लाखको क्षति

आइतवार, चैत्र ३ २०८१
आइतवार, चैत्र ३ २०८१
  • भक्तपुरका  पाँच वटा पसलमा आगलागी हुँदा करिब १२ लाखको क्षति

    भक्तपुर। भक्तपुरको मध्यपुर थिमि–४ का पाँच वटा पसलमा आगलागी हुँदा करिब १२ लाखको क्षति भएको छ । मध्यपुर अस्पताल नजिक जस्ताको टहराका ती पसलमा आईतवार दिउँसो आगलागी भएको हो । 

    काभ्रेपलान्चोकको बेथानचोक गाउँपालिका–४ घर भई हाल मध्यपुर थिमि बस्ने सनिस श्रेष्ठले जग्गा भाडामा लिई सञ्चालन गरिरहेको दुनोट उद्योगमा विधुुत सर्ट भएर लागेको आगो सँगै रहेका अन्य पसलमा पनि सल्केको थियो । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपानेका अनुुसार, सो आगोले सँगै रहेको खाजा पसल, मोटरसाइकल वर्कशप, मसला पसल र तोफु पसलमा समेत क्षति गरेको छ।

    आगलागीबाट दुनोट उद्योगभित्र रहेको करिब एक लाख ३८ हजार धनमाल जलेर नष्ट भएको छ । त्यसैगरी सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६ का समित बाँनियाले सञ्चालन गरेको खाजा पसलमा तीन लाखको क्षति भएको छ ।

    त्यस्तै बाँकेको नेपालगञ्ज नगरपालिका–२ का राजेन्द्रकुमार श्रेष्ठले सञ्चालन गरेको तोफु पसलमा चार लाख चार हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । त्यसैगरी सूर्यविनायक नगरपालिका–१ सिरुटारका यमविक्रम कार्कीले सञ्चालन गरेको मसला पसलमा तीन लाख १९ हजार र भक्तपुरको सूर्यविनायक नगरपलिका–४ सिकारीटारका सुमन श्रेष्ठले सञ्चालन गरेको मोटरसाइकल वर्कशपमा आठ हजारबमे क्षति भउको प्रहरीले जनाएको छ । 

    आगलागी प्रहरी, स्थानीय बासिन्दा र जुद्ध वारुणयन्त्र कार्यालय भक्तपुरको दमकलको सहायताले नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij