छुरा प्रहारबाट युवकको हत्यापछि शव राखेर आफन्तको गरे प्रदर्शन, जलेश्वर सडकखण्ड अवरूद्ध

छुरा प्रहारबाट युवकको हत्यापछि शव राखेर आफन्तको गरे प्रदर्शन, जलेश्वर सडकखण्ड अवरूद्ध

आइतवार, चैत्र ३ २०८१
आइतवार, चैत्र ३ २०८१
  • छुरा प्रहारबाट युवकको हत्यापछि शव राखेर आफन्तको गरे प्रदर्शन, जलेश्वर सडकखण्ड अवरूद्ध

    काठमाडौं । होली खेल्‍ने क्रममा छुरा प्रहारबाट युवकको हत्या भएपछि उनका आफन्त र स्थानीयले सडकमा शव राखेर प्रदर्शन गरेका छन् । 

    शनिबार साँझ ५ बजेतिर होली खेल्ने क्रममा विवाद हुँदा २१ वर्षीय धर्मेन्द्र महतोले १८ वर्षीय आशु यादवमाथि छुरा प्रहार गरेका थिए ।

    छाती, ढाड र पेटमा छुरा प्रहारबाट गम्भीर घाइते आशुको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा शनिबार साँझ करिब ६ बजे मृत्यु भएको थियो । प्रहरीले तत्कालै छुरासहित धर्मेन्द्रलाई पक्राउ गरेको थियो । 

    आशुको शव आज प्रादेशिक अस्पतालमा पोस्टमार्टम भएको छ । पोस्टमार्टमपछि शव बुझेर लगेका आफन्तसहित स्थानीयले दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएको प्रहरीले जनाएको छ ।

    शव राखेर उनका आफन्त र स्थानीयले प्रदर्शन गर्दै जनकपुर–जलेश्वर सडकखण्ड अवरुद्ध गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij