दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु

दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु

आइतवार, चैत्र ३ २०८१
आइतवार, चैत्र ३ २०८१
  • दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु

    काठमाडौं । टोखामा दुई मोटरसाइकल एक आपासमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोट घर भइ टोखा–३ भुतखेल बस्ने १८ वर्षीय रिवाज आचार्य रहेका छन् । 

    फूलबारी गेट अगाडि सडकमा बागमती प्रदेश –०२–०३९ प ९८२८ नम्बरको मोटरसाइकल र बागमती प्रदेश–०२–०५३ प ६३७८ नम्बरको मोटरसाइकल शनिबार दिउँसो आपसमा ठोक्किएका थिए ।

    दुर्घटनामा मृत्यु हुने आचार्य बागमती प्रदेश–०२–०५३ प ६३७८ नम्बरको मोटरसाइकलका चालक रहेको प्रहरीले बताएको छ । उपचारको क्रममा उनको ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।

    अर्का मोटरसाइकलका चालकको भने ग्राण्डी अस्पतालमै उपचार भइरहेको छ । 

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij