विद्यार्थीले लेख्न सुरु गरेपछि मध्यपश्चिम विश्वविद्यालयले स्थगित गर्यो परीक्षा

विद्यार्थीले लेख्न सुरु गरेपछि मध्यपश्चिम विश्वविद्यालयले स्थगित गर्यो परीक्षा

आइतवार, चैत्र ३ २०८१
आइतवार, चैत्र ३ २०८१
  • विद्यार्थीले लेख्न सुरु गरेपछि मध्यपश्चिम विश्वविद्यालयले स्थगित गर्यो परीक्षा

    काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयले आइतबार बिहान सुरु भइसकेको परीक्षा स्थगन गरेको छ । आइतबार बिहान साढे ६ बजेबाट सुरु भएको परीक्षा सम्पन्न नहुँदै स्थगन भएको हो ।

    ग्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्स’अन्तर्गत स्नातक तह प्रथम र सातौं समेष्टरको परीक्षा एक्कासी स्थगित भएको छ । 

    आइतबार बिहानै विद्यार्थीहरू परीक्षा दिन कक्षामा पुगेका थिए । प्रश्नपत्र र उत्तरपुस्तिका पनि वितरण भई विद्यार्थीले लेख्न थालेको ३५ मिनेटपछि एक्कासी परीक्षा स्थगन भएको जनाइएको छ । 

    ‘…स्वतनत्र विद्यार्थी युनियन निर्वाचन समितिको पत्रानुसार चैत्र ३ गतेदेखि हुने भनिएको स्नातक तह प्रथम र सातौं सेमेस्टरको मध्यवर्ती परीक्षा अर्को सूचना नआएसम्मको लागि स्थगन गरिएको सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ विश्वविद्यालयले जारी गरेको सूचनामा भनिएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij