काठमाडौं । इजरायलको आक्रमणबाट गाजामा ९ जनाको मृत्यु भएको छ । गाजामा युद्धविरामको विषयमा इजिप्टको राजधानी कायरोमा वार्ता हुँदै गर्दा इजरायलले शनिबार राति गाजाको उत्तरी सहर बेइत लाहियामा हवाई आक्रमण गरेको हो।
आक्रमणबाट ९ जना प्यालेस्टिनी नागरिकको मृत्य भएको छ । मारिनेहरुमध्ये तीन जना स्थानीय पत्रकार रहेका छन्। इजरायली हवाइ आक्रमणमा परी अरू धेरै जना गम्भीर घाइते भएका छन्।
इजरायलले गरेको हवाई आक्रमण एउटा कारमा परेको थियो। त्यसले कारभित्र रहेका र बाहिर रहेकाहरूको ज्यान लिएको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
उक्त कारमा सवार रहेकाहरू एउटा च्यारिटी कार्यक्रममा जाँदै थिए। सोही कारमा केही रिपोर्टर र फोटो पत्रकारहरु पनि सवार थिए। उनीहरू सबैको मृत्यु भएको प्यालेस्टिनी मिडियाहरूले जनाएका छन्।
उनीहरू ड्रोन हमलावर भएको र ड्रोनलगायतका उपकरणहरूल बोकेर गाडीमा छिरेको इसराइली सेनाको दाबी छ। त्यसकारण उनीहरू सेनाका लागि खतरा हुन सक्ने आकनल गरेर उनीहरूमाथि आक्रमण गरेको भनेर इजरायली सेनाले प्रष्टीकरण दिएको रोयटर्सले जनाएको छ।
आक्रमणपछि हमासले इजरायललाई गाजा युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाएको छ ।