तीनकुनेमा टिपरको ठक्करबाट एकजनाको मृत्यु

तीनकुनेमा टिपरको ठक्करबाट एकजनाको मृत्यु

शनिवार, चैत्र २ २०८१
शनिवार, चैत्र २ २०८१
  • तीनकुनेमा टिपरको ठक्करबाट एकजनाको मृत्यु

    काठमाडौं । काठमाडौंको तीनकुनेमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

    प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार रा १ ख २६२२ नम्बरको टिपरले प्र ३-०२-००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रेको पनौती नगरपालिका-११ का सुकराम तामाङ र बेथानचोक गाउँपालिका-६ का रमेश तामाङको घाइते भएका थिए ।

    दुर्घटना लगत्तै गम्भीर घाइते भएका रमेश र सुकरामलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो । उपचारका क्रममा बिहान साढे ५ बजे सुकराम तामाङको मृत्यु भएको छ ।

    आज बिहान काठमाडौँ ३२ तीनकुनेस्थित गौरीगाउँ पेट्रोल पम्प अगाडि दुर्घटना भएको हो । टिपरले एकिन विवरण नखुलेको प्र.३-०२-००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर भागेको थियो ।

    प्रहरीले मोटरसाइकललाई ठक्कर दिने टिपरलाई विमानस्थल कार्गोभित्र फेला पारेर नियन्त्रणमा लिएको छ । चालक फरार भए पनि प्रहरीले टिपरको मालिकसँग सम्पर्क भइसकेको जानकारी गराएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij