भीओआईपी सञ्चालन गरेको आरोपमा एक जना पक्राउ

भीओआईपी सञ्चालन गरेको आरोपमा एक जना पक्राउ

शुक्रवार, चैत्र १ २०८१
शुक्रवार, चैत्र १ २०८१
  • भीओआईपी सञ्चालन गरेको आरोपमा एक जना पक्राउ

    काठमाडौं । अन्तर्राष्ट्रिय आगमन कल बाइसपास (भीओआईपी) सञ्चालन गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–२० घर भएका १९ वर्षीय धिरज पटेल रहेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले वीरगञ्जबाट २६ फागुनमा पक्राउ गरेको हो ।

    उनले वीरगञ्जकै लालपर्सा भन्ने ठाउँमा अमेरिका पटेलको १ तले घर र वीरगञ्ज–१६ स्थित अनुजकुमार सरार्फको २ तले घरको कोठाबाट इन्टरनेट प्रयोग गरी कल बाइपास गरेको पाइएको छ ।

    पक्राउ परेका उनीविरुद्ध दूरसञ्चार ऐन २०५३ अन्तर्गतको कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij