आजदेखि काठमाडौं–भक्तपुर–नगरकोट बस सेवा सञ्चालनमा

आजदेखि काठमाडौं–भक्तपुर–नगरकोट बस सेवा सञ्चालनमा

शुक्रवार, चैत्र १ २०८१
शुक्रवार, चैत्र १ २०८१
  • आजदेखि काठमाडौं–भक्तपुर–नगरकोट बस सेवा सञ्चालनमा

    भक्तपुर । आजदेखि काठमाडौं–भक्तपुर–नगरकोट सीधा बस सेवा  औपचारिक रूपमा सञ्चालनमा आएको छ। चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले उद्घाटन गर्दै सेवा शुभारम्भ गरेका हुन्।

    नगरकोट, जो पर्यटकीय गन्तव्यका रूपमा परिचित छ, यहाँका बासिन्दा र पर्यटकहरूको सुविधालाई मध्यनजर गर्दै सीधा बस सेवा सञ्चालनमा ल्याइएको हो। अब नगरकोटसम्म सहज रूपमा यात्रा गर्न पाइने भएको छ।

    यस बस सेवाले काठमाडौं, भक्तपुर र नगरकोटबीचको यातायातलाई व्यवस्थित गर्दै यात्रुहरूको समय र खर्च बचत गर्ने विश्वास गरिएको छ। उद्घाटन कार्यक्रममा स्थानीय प्रतिनिधि, सरोकारवाला निकायका व्यक्तित्व तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो । 

    480853985_1042012267749418_3021919657735504009_n.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij