सर्लाहीको हरिवन महायज्ञबाट २ करोड ७६ लाख रुपैयाँ सङ्कलन

सर्लाहीको हरिवन महायज्ञबाट २ करोड ७६ लाख रुपैयाँ सङ्कलन

शुक्रवार, चैत्र १ २०८१
शुक्रवार, चैत्र १ २०८१
  • सर्लाहीको हरिवन महायज्ञबाट २ करोड ७६ लाख रुपैयाँ सङ्कलन

    मलङ्गवा । सर्लाहीको हरिवन नगरपालिकामा आयोजित महायज्ञमा २ करोड ७६ लाख रुपैयाँ सङ्कलन भएको छ ।

    हरिवन नगरपालिका–९ दनुुवारीमा मानवसेवा आश्रमको भवन निर्माण  गर्ने उद्देश्यले गत फागुन २२ गतेदेखि फागुन २९ गतेसम्म महायज्ञ  आयोजना गरिएको हो । महायज्ञ मूल आयोजक समितिका संयोजक माधव थापाका अनुसार बिहीबार ४२ लाख रुपैयाँ सहयोग सङ्कलन भएको थियो । 

    रकम अभावका कारण दनुुवारीमा भवन अधुरै छ भवन निर्माण सम्पन्न गर्न ११ करोड रुपैयाँ आवश्यक पर्ने संयोजक थापा बताए । रकम जुटाउन आश्रमले यसअघि हरिवन–११ महायज्ञ आयोजना गरेको थियो । 

    उक्त महायत्रबाट २ करोड ७६ लाख रुपैयाँ सङ्कलन भएको थियो । महायज्ञमा हरिवन नगरपालिकाले ५६ लाख रुपैयाँ सहयोग गरेको छ । 

    जिल्लाका अन्य पालिका, वडाकार्यालय, सामाजिक सङ्घसंस्था तथा व्यक्तिगत रुपमा समेत सहयोग प्राप्त भएको संयोजक थापाले बताउनुभयो  । 

    सर्लाहीमा आफ्नै भवन नहुँदा हरिवन–१ कैलाशपुरीमा ज्येष्ठ नागरिक भवनमा आश्रम सञ्चालन भइरहेको छ । उक्त आश्रममा हाल ६० जनालाई आश्रय दिइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij