सात महिनामा करिव १६ करोडको रङ आयात

सात महिनामा करिव १६ करोडको रङ आयात

शुक्रवार, चैत्र १ २०८१
शुक्रवार, चैत्र १ २०८१
  • सात महिनामा करिव १६ करोडको रङ आयात

    काठमाडौं । चालु आर्थिक बर्षको ७ महिनामा करिव१६ करोडको रङ आयात भएको छ । चालु आर्थिक बर्ष (साउनदेखि माघसम्म) मा १५ करोड ८९ लाख ६० हजार रुपैयाँ बराबरको रङ आयात भएको हो । 

    यसरी नेपाल आयात गरिएका अधिकांश रङ चीन र भारतबाट आएको देखिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । 

    विभागको तथ्यांक अनुसार अझ चीनभन्दा पनि भारतबाट धेरै रङ आयात भएको देखिन्छ । यसअवधिमा भारतबाट मात्रै १५ करोड ८८ लाख ३ हजार रुपैयाँ बराबरको १३ लाख ३८ हजार २ सय ९२ किलो रङ आयात भएको छ । चीनबाट पछिल्लो सात महिनामा १ लाख ५७ हजार रुपैयाँ बराबरको ७ सय ६१ किलो रङ आयात भएको छ ।

    भारत र चीन बाहेक अस्ट्रेलिया, युनाइटेड अबर इमिरेट्स (यूएई), फ्रान्स, मेक्सिको, जर्मनी लगायत देशबाट पनि नेपालमा रङ आयात भएको विभागको जनाएको छ । यसरी विभिन्न देशबाट आयात गरिएका रङहरु सबैभन्दा धेरै होली र त्यसबाहेक दशैँ, तिहार लगायतका चाडपर्वमा खपत हुने गरेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij