प्रहरीका २ डीएसपी एसपीमा बढुवा

प्रहरीका २ डीएसपी एसपीमा बढुवा

बिहिवार, फाल्गुण २९ २०८१
बिहिवार, फाल्गुण २९ २०८१
  • प्रहरीका २ डीएसपी एसपीमा बढुवा

    काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका २ जना डीएसपीलाई एसपीमा  बढुवा गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतको बढुवा समितिको सचिवालय बैठकले बुधबार २ जनालाई बढुवा सिफारिस गरेको हो ।

    बढुवा हुनेहरूमा काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन शाखामा कार्यरत रबिन कार्की र राष्ट्रिय सुरक्षा परिषद् सचिवालय सिंहदबारमा कार्यरत ज्ञानेन्द्रबहादुर बस्नेत रहेका छन् । 

    उनीहरुलाई प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस सूची प्रकाशित गरिएको सचिवालयले  जानकारी दिएको छ ।  

    111

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij