त्रिभुवन विश्वविद्यालयका ८२ क्याम्पसमा स्ववियु अध्यक्ष निर्विरोध

त्रिभुवन विश्वविद्यालयका ८२ क्याम्पसमा स्ववियु अध्यक्ष निर्विरोध

बुधवार, फाल्गुण २८ २०८१
बुधवार, फाल्गुण २८ २०८१
  • त्रिभुवन विश्वविद्यालयका ८२ क्याम्पसमा स्ववियु अध्यक्ष निर्विरोध

    काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा अहिलेसम्म ८२ वटा क्याम्पसमा सर्वसम्मत अध्यक्ष चुनिएका छन् । नेकपा एमाले निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियुका सचिव सञ्जीव धितालले ३२ वटा क्याम्पसमा स्ववियु अध्यक्ष निर्विरोध जितेको हाे । 

    त्यस्तै, नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसङ्घबाट २८ वटा क्याम्पसमा अध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । यस्तै नेकपा (माओवादी केन्द्र) को विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) बाट २१ जना स्ववियु अध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले मकवानपुरमा रहेको मनहरी बहुमुखी क्याम्पसमा निर्विरोध अध्यक्ष प्राप्त गरेको छ ।

    त्रिविबाट आङ्गिक ६२ सम्बन्धन प्राप्त १ हजार ४० वटा क्याम्पसमा आउँदो चैत ५ गते हुने गरी कल्याणकारी परिषद्ले निर्वाचन तालिका सार्वजनिक गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij