मनमैजुमा आफ्नै कोठाभित्र एक महिला मृत फेला

मनमैजुमा आफ्नै कोठाभित्र एक महिला मृत फेला

बुधवार, फाल्गुण २८ २०८१
बुधवार, फाल्गुण २८ २०८१
  • मनमैजुमा आफ्नै कोठाभित्र एक महिला मृत फेला

    काठमाडौं । तार्केश्वर नगरपालिका–१० मनमैजु फूलबारी टोलमा एक महिला मृत फेला परेकी छिन् । गोरखाको धार्चे गाउँपालिका–४ घर भई मनमैजु फूलबारी बस्दै आएकी ६५ वर्षीया बिसानी गुरुङ मृत फेला परेकी हुन् ।

    उनी आफ्नै कोठाभित्र सुतिरहेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएकाे छ । घटनाको जानकारी पाउनासाथ प्रहरी वृत्त बालाजुबाट प्रहरी निरीक्षकको कमान्डमा टोली घटनास्थलमा खटिएको थियो । शवको मुचुल्का पछि पोस्टमार्टमका लागि शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

    घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij