होली कसरी खेल्ने, कस्तो रङ प्रयोग गर्ने ?

होली कसरी खेल्ने, कस्तो रङ प्रयोग गर्ने ?

बुधवार, फाल्गुण २८ २०८१
बुधवार, फाल्गुण २८ २०८१
  • होली कसरी खेल्ने, कस्तो रङ प्रयोग गर्ने ?

    काठमाडौं । नेपालमा दुई दिन होली पर्व मनाइन्छ । पहाडी समुदायले भोली विहीबार र तराईमा पर्सी शुक्रबार होली मनाइन्छ । होली रङको पर्व हो । तर रङको प्रयोग गर्दा होसियारी चाहिँ अपनाउनु पर्छ ।   

    होली खेल्दा सकेसम्म प्राकृतिक रङको प्रयोग गर्नुपर्छ । जस्तो, पहेँलो रङ लगाउन मन लाग्यो भने बेसारको प्रयोग गर्न सकिन्छ। रसायन नभएको रङ पनि किन्न पाइन्छ। ती रङ पाउडरका रूपमा हुन्छन्। जसको गन्ध छैन, यस्तो रङ चलाउनु राम्रो हुन्छ ।

    हामीले प्रयोग नै गर्न नहुने रङहरू धेरै छन् । जसले शरीरलाई हानी गर्छन् । टल्किने खालको रङ, कालो रङ र झोलवाला रङले शरीरलाई धेरै नै असर गर्छ ।

    कालो रङमा लेड अक्साइड, रातो रङमा मर्करी मिसाएको हुन्छ भने हरियोमा कपरसल्फेट हुन्छ। टल्किने रङ सबैभन्दा हानिकारक हुन्छ । यस्ता रङमा माइका, सिलिकाजस्ता ‘केमिकल’ को प्रयोग धेरै गरिएको हुन्छ ।

    केही गरी छालामा पहिले नै घाउ भएको छ भने रगतको माध्यमबाट भित्र छिरेर कलेजो लगायतका अंगलाई नै असर पार्न सक्छ। त्योबाहेक छालामा एलर्जीको समस्या हुन्छ ।

    धेरै ‘केमिकल’ प्रयोग गरिएका रङको प्रयोग गर्नाले छालामा असर गर्नुका साथै केहीगरी शरीरभित्र पसे श्वासप्रश्वास, किड्नी, ब्रेन, न्युरोलोजीसम्बन्धी समस्यासमेत देखिन सक्छ।

    यस्तै रङ जथाभाबी खेल्दा आँखाको दृष्टि गुम्ने, कानको जाली फुट्ने, एलर्जी, दम, छालासम्बन्धी विभिन्न समस्याले सताउन सक्छन्।
     
    जसको लागि नरिवलको तेल लगाएर रङ खेल्यो भने हानी हुनबाट बच्न सकिन्छ । शरीर र कपालमा तेल लगाउँदा तेलको लेयर बस्छ जसले गर्दा रङ र छालाको बीचमा असर पर्न दिँदैन। यस्तो गर्दा एलर्जी हुनबाट बचाउँछ। त्यस्तै मोस्चराइजर क्रिम लगाए पनि छालामा असर कम गर्छ ।

    कपडाले शरीर पुरै ढाकेर होली खेलेको राम्रो हो । किनकी जति धेरैभित्र रङ जान्छ त्यति नै असर गर्ने सम्भावना धेरै हुन्छ । विशेषगरी बालबालिका र गर्भवतीको छाला ’सेन्सेटिभ’ हुने भएकाले रङको प्रयोग गर्दा एकदमै ख्याल राख्नुपर्छ ।

    शरीरमा लागेको रङ पखाल्दा धेरै कडा साबुन लगाउनु हुँदैन। धेरै रगट्नु पनि हुँदैन। नुहाइसकेपछि मोस्चराइजर क्रिम लगाउनुपर्छ । 

    होलीको कारण थुप्रैलाई समस्या परेको हुन्छ। उनीहरूमध्ये धेरैलाई एलर्जी नै भएको छ।  छाला सुन्निनेलगायत समस्या छन्। आँखा सुन्निने गाला सुन्निने पनि हुन्छ। रङको प्रतिक्रिया खेलेको दिनमा मात्रै नभएर २/४ दिनमा समेत देखिनसक्छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij