होलीमा ट्राफिक चेकिङमा कडाइ, ७५ ठाउँमा बिहानैदेखि मापसे चेकिङ

होलीमा ट्राफिक चेकिङमा कडाइ, ७५ ठाउँमा बिहानैदेखि मापसे चेकिङ

बुधवार, फाल्गुण २८ २०८१
बुधवार, फाल्गुण २८ २०८१
  • होलीमा ट्राफिक चेकिङमा कडाइ, ७५ ठाउँमा बिहानैदेखि मापसे चेकिङ

    काठमाडौं । फागुपूर्णिमा अथात् हाेलीको अवसरमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले सवारी चेकजाँचमा कडाइ गर्ने भएको छ ।  विहीबार फागु पूर्णिमामा हुन सक्ने सडक दुर्घटनालाई मध्यनजरमा राख्दै बिहानैदेखि ७५ ठाउँमा चेकिङ गर्न भएको हो ।  

    बिहान ७ बजेदेखि नै काठमाडौं उपत्यकाभित्रका विभिन्न ७५ स्थानमा चेक प्वाइन्ट राखेर चेकिङ गरिने भएको छ भने ट्राफिक चेक प्वाइन्टमा सवारीको कागजपत्र, मादक पदार्थ सेवनदेखि लापसेसम्म परीक्षण गरिने प्रहरीले जनाएको छ । 

    ट्राफिक प्रहरीले नियम विपरित सवारी चलाउने गाडीलाई दिनभर होल्ड गर्नेछ। मापसे, लापसे, सिट भन्दा बढी यात्रु बोक्ने, हेलमेट नलगाई सवारी चलाउने लगायतका चालकको सवारी होल्ड गरिने जनाइएको छ । 

    दिनभर होल्ड गरिएका सवारी साधन साँझ मात्र जरिवाना दस्तुर बुझाएर जिम्मा लगाइने भएको छ । बिहीबार ५०० भन्दा बढी ट्राफिक प्रहरी चेक प्वाइन्टमा खटिने छन्। 

    त्यस्तै लागु पदार्थ सेवन गरेर सवारी चलाएको चेक गर्न मोबाइल भ्यानमा टोली परिचालन गरिने कार्यालयले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij