चाँगनारायण नगरपालिकामा आज शोक विदा

चाँगनारायण नगरपालिकामा आज शोक विदा

बुधवार, फाल्गुण २८ २०८१
बुधवार, फाल्गुण २८ २०८१
  • चाँगनारायण नगरपालिकामा आज शोक विदा

    भक्तपुर । चाँगनारायण नगरपालिकाले आज शोक विदा दिएको छ । नगरपालिकाले आज एक सुचना जारी गर्दै आधारभूत स्वास्थ्य केन्द्र, चाँ.न.पा. ८ सुडालका कार्यरत राष्ट्र सेवक कर्मचारी धुव्र प्रसाद दुलालको निधनमा आज शोक विदा दिएको हो । 

    चाँगनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाईँद्वारा जारी सूचनामा दुलालको निधनमा गहिरो दुःख व्यक्त गर्दै चाँगनारायण नगरपालिका आज अत्यावश्यक सेवा बाहेक नगरपलिका कार्यालय तथा अन्तर्गतका कार्यालयमा शोक बिदा दिएको उल्लेख छ ।

     
    दुलालको निधनले समग्र नगरवासीलाई शोकाकुल बनाएको भन्दै उनको आत्माको चिरशान्तिको कामना गरिएको छ ।

    notice.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij