काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका– ८ ढाडकोटमामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् ।
माटो खन्ने क्रममा ढिस्को खसेर पुरिँदा सर्केगाड गाउँपालिका–७ की २८ वर्षीया नेत्रकला जैसीको मृत्यु भएको हो ।
त्यस्तै, सर्केगाड गाउँपालिका–७ कि तिर्थकला जैसी, मञ्जली जैसी, बालकी जैसी र लक्ष्मी जैसी घाइते भएका छन् ।