वीपी राजमार्ग निर्माणको ठेक्का आह्वान, ३० दिनमा आवेदन दिनुपर्ने

वीपी राजमार्ग निर्माणको ठेक्का आह्वान, ३० दिनमा आवेदन दिनुपर्ने

बुधवार, फाल्गुण २८ २०८१
बुधवार, फाल्गुण २८ २०८१
  • वीपी राजमार्ग निर्माणको ठेक्का आह्वान, ३० दिनमा आवेदन दिनुपर्ने

    काठमाडौं । गत असोज दोस्रो साता आएको बाढीपहिरोबाट क्षतिग्रस्त वीपी राजमार्ग निर्माणको ठेक्का आह्वान भएको छ । बाढीले उक्त सडक करिव १२ किलोमिटर बगाएको थियो।

    बुधबार सडक डिभिजन सिन्धुलीले उक्त क्षति भएको सडकको ठेक्का आह्वान गरेको हो। डिभिजनले अहिले आफ्नो क्षेत्रमा पर्ने नेपालथोकदेखि वर्षे खोलासम्मको लगभग ५ किलोमिटर सडक निर्माण गर्न पहिलो चरणमा ठेक्का आह्वान गरिएको जनाइएको छ । 

    यो खण्डको लागि सरकारले १ अर्ब रुपैयाँ भन्दा माथिको बजेट छुट्याएको छ। यो ठेक्काको काम दुई वर्षमा सम्पन्न गर्नु पर्ने छ । 

    साढे ८ अर्ब रुपैयाँ हाराहारीमा बीपी राजमार्ग पुनर्निर्माणको चार थान ठेक्का लाग्ने जानकारी दिए । तीमध्ये तीन वटा ठेक्का सडक डिभिजन भक्तपुर र बाँकी एउटा सडक डिभिजन खुर्कोटले आह्वान गर्नेछन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij