सिंजा बहुमुखीमा आचार्य र  सिद्धपृथ्वी क्याम्पसको स्ववियु सभापतिमा चौधरी

सिंजा बहुमुखीमा आचार्य र  सिद्धपृथ्वी क्याम्पसको स्ववियु सभापतिमा चौधरी

बुधवार, फाल्गुण २८ २०८१
बुधवार, फाल्गुण २८ २०८१
  • सिंजा बहुमुखीमा आचार्य र  सिद्धपृथ्वी क्याम्पसको स्ववियु सभापतिमा चौधरी

    जुम्ला ।  जुम्लाको सिञ्जा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का सन्तोष आचार्य निर्विरोध निर्वाचित भएका छन् । चार वटा विद्यार्थी सङ्गठनको सहमतिका आधारमा मङ्गलबार आचार्य सभापतिमा निर्वाचित भएका हुन् । 


     निर्वाचन अधिकृत तीर्थबहादुर नेपालका अनुसार उपसभापतिमा अनेरास्ववियु विद्यार्थी सङ्गठनका महेन्द्रराज बम र सचिवमा नेविसङ्घका राजिन्दा शाही निर्वाचित भएका छन् । कोषाध्यक्षमा अखिल समाजवादीका तुलराज तिरुवा र सदस्यहरुमा नेविसंघका राजन बम, अखिल समाजवादीका मोहन भण्डारी र सोविन्द बम निर्विरोध निर्वाचित भएको जनाइएको छ  । क्याम्पसमा हाल १८० विद्यार्थी छन् ।


    उता दाङको दङ्गीशरण गाउँपालिका–६ स्थित सिद्धपृथ्वी जनता क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा पनि अखिल क्रान्तिकारीका सुदीप चौधरी निर्विरोध निर्वाचित भउका छन् । सो क्याम्पसमा अखिल क्रान्तिकारीका उम्मेदवारले मात्रै उम्मेदवारी दर्ता गरेपछि निर्विरोध निर्वाचित भएका हुन् । 

     कार्यसमितिको उपसभापतिमा पूर्णिमा चौधरी, सचिवमा मनाङकिता कक्रेल, सहसचिवमा कोमल खड्का र कोषाध्यक्षमा सीता चौधरी चयन भए । क्याम्पस प्रमुख मनिराम चौधरीका अनुसार, स्ववियुु  सदस्यहरुमा सुस्मिता चौधरी, सविता चौधरी, सङ्गीता चौधरी निर्विरोध निर्वाचित भएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij