जापानले निष्कासन गर्यो गलत कागजात पेस गर्ने थप ६ नेपाली

जापानले निष्कासन गर्यो गलत कागजात पेस गर्ने थप ६ नेपाली

मंगलवार, फाल्गुण २७ २०८१
मंगलवार, फाल्गुण २७ २०८१
  • जापानले निष्कासन गर्यो गलत कागजात पेस गर्ने थप ६ नेपाली

    काठमाडौं । जापानले ६ जना नेपाली नागरिकलाई निष्कासन गरेको छ । गलत कागजात पेस गरेको आरोपमा उनीहरूलाई जापानको अध्यागमनले निष्कासन गरेको हो ।

    निष्कासनमा पर्नेमा चौधरी, कार्की, खड्का, गौतम, घर्ती मगर र भट्टचन थरका एक/एकजना रहेका छन् । उनीहरूलाई आइतबार नेपाल फर्काइएको हो ।  

    झुटो कागजात पेस गरेका आरोपमा उनीहरूलाई जापानको अध्यागमन प्रहरीले पक्राउ गरेको थियो ।   

    जापानले अघिल्लो साता दुई नेपाली नागरिकलाई निष्कासन गरेको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij