काठमाडौं । वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्मा नियुक्त भएका छन् । आज स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डा.शर्मालाई निर्देशक नियुक्त गरेका हुन ।
वीर अस्पतालको नयाँ निर्देशकका लागि डा. दिलीप शर्मा, डा. समाज गौतम र डा. अनुपमा कार्कीको नाम सिफारिस गरिएको थियो । सोही सिफारिसको आधारमा डा. शर्मा निर्देशकमा नियुक्त भएका हुन् ।
डा। शर्मा वीर अस्पतालमै कार्यरत वरिष्ठ कलेजो रोग विशेषज्ञ हुन् । उनले प्रधानमन्त्री केपी ओलीको क्याबिनेट चिकित्सकका रूपमा समेत काम गरिसकेका छन् ।
वीरको निर्देशक डा. सन्तोष पौडेलको दुईवर्षे कार्यकाल गत ४ फागुनमा सकिएपछि निर्देशक पद रिक्त थियो । वीर अस्पतालका निर्देशकको कार्यकाल २ वर्षको हुनेछ ।