वाग्मतीमा शव फालिएको घटनामा संलग्न थप एक जना पक्राउ

वाग्मतीमा शव फालिएको घटनामा संलग्न थप एक जना पक्राउ

मंगलवार, फाल्गुण २७ २०८१
मंगलवार, फाल्गुण २७ २०८१
  • वाग्मतीमा शव फालिएको घटनामा संलग्न थप एक जना पक्राउ

    काठमाडौं । वाग्मती नदीमा बोरामा पोको पारेर शव फालिएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा मकवानपुर थाहा नगरपालिका–४ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका–७, माकलबारी बस्ने १९ वर्षीय पेम्बा लामा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षकअपिलराज बोहराले जानकारी दिए ।
     
    उनले भने, “उक्त घटनामा संलग्न भएको अभियोगमा आज हामीले थप एक जना पक्राउ गरेका छौँ । पक्राउ परेकाहरुविरुद्ध कर्तव्य ज्यानको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट छ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।”
     
    यसअघि प्रहरीले सर्लाहीको वाग्मती ढुङ्गेखोला घर भएका २५ वर्षीय कैलाश खड्का, मकवानपुरको हेटौँडा शिखरपानी घर भएका २० वर्षीय सुरेश तामाङ, नुवाकोटको मेघाङ–४ देउराली घर भएका २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोकको तिपिने घर भएकी २० वर्षीया पूजा परियार र एक नाबालकलाई पक्राउ गरेको थियो । अन्दाजी ३०÷३५ वर्षकी युवतीको हत्यागरी शव बोरा र तन्नामा पोको पारेर नदीमा फालेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij