सिचाई बिभागका महानिर्देशक चार महिनामै परिवर्तन, को आए ?

सिचाई बिभागका महानिर्देशक चार महिनामै परिवर्तन, को आए ?

मंगलवार, फाल्गुण २७ २०८१
मंगलवार, फाल्गुण २७ २०८१
  • सिचाई बिभागका महानिर्देशक चार महिनामै परिवर्तन, को आए ?

    काठमाडौँ । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक चार महिनामै परिवर्तन भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले छोटो अवधिमै विभागका  नेतृत्व परिवर्तन गरेको हो ।

    मन्त्री दीपक खड्काले यसअघि सात महिनामै हटाइएका सञ्जीव बराललाई पुनः विभागको महानिर्देशकको जिम्मेवारी दिएका छन् । बराललाई हटाएर चार महिनाअघि देवराज निरौलालाई विभागीय प्रमुख बनाइएको थियो ।

     विभागको प्रगति लक्ष्यअनुसार अघि बढ्न नसकेपछि मन्त्री खड्का असन्तुष्ट बनेका थिए । विभागको समग्र प्रगति २१–२२ प्रतिशतभन्दा माथि नबढेपछि निरौलालाई हटाइएको बताइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij