सीडीओ कार्यालय अघि मिटर ब्याज पीडितले गरे आत्मदाहको प्रयास

सीडीओ कार्यालय अघि मिटर ब्याज पीडितले गरे आत्मदाहको प्रयास

सोमवार, फाल्गुण २६ २०८१
सोमवार, फाल्गुण २६ २०८१
  • सीडीओ कार्यालय अघि मिटर ब्याज पीडितले गरे आत्मदाहको प्रयास

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय अगाडि सोमबार एक जना मिटर ब्याज पीडितले आत्मदाहको प्रयास गरेको छन् । मिटर ब्याजको मुद्दामा न्याय नपाएको भन्दै बाराको पचरौता नगरपालिका–४ घर भई पर्साको वीरगञ्ज नगरपालिका–२४ बस्ने करिब ६० वर्षीय बृजकिशोरप्रसाद साहले आत्मदाहको प्रयास गरेका हुन् ।

    आज साढे १२ बजेको समयमा साहले हातमा मुसा मार्ने विषादी बोकेर शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ । तर तत्काल प्रहरीले थाहा पाएपछि उनको उद्धार गरी नारायणी अस्पताल पुर्‍याएको छ । उनको अवस्था सामान्य रहेको छ । 

    यो मुद्दामा जिल्ला प्रहरी कार्यालय पर्साले छानबिन गरिरहेको भए पनि आज आवेगमा आएर उनले आत्मदाहको प्रयास गरेको जनाइएको छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij