माछा मार्न जाने क्रममा भीरबाट खसेर एक जनाको मृत्यु

माछा मार्न जाने क्रममा भीरबाट खसेर एक जनाको मृत्यु

सोमवार, फाल्गुण २६ २०८१
सोमवार, फाल्गुण २६ २०८१
  • माछा मार्न जाने क्रममा भीरबाट खसेर एक जनाको मृत्यु

    काठमाडौं । माछा मार्न जाने क्रममा भीरबाट खसेर एक जनाको मृत्यु भएको छ । आइतबार साँझ कर्णालीमा माछा मार्न गएका स्वामीकार्तिक खापर गाउँपालिका–२ फयल गाउँका अन्दाजी ४० वर्षीय पुसे भण्डारीको भीरबाट खसेर मृत्यु भएको हो । 

    भीरबाट खसेका भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । भीरबाट कर्णाली नदीको किनारमा खसेका भण्डारीको मृत्यु भएपनि शव भएको ठाउँसम्म प्रहरी पुग्न सकेको छैन् ।

    अहिले प्रहरी चौकी जुद्दी र इलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरी निरीक्षक लोकराज अवस्थी नेतृत्वको टोली घटना भएको ठाउँसम्म पुगेको छ ।

    मृतकको शव नदीको पारीपट्टी भएकाले कर्णाली तर्न सक्ने अवस्था छैन् ।  भण्डारीको शव भएको ठाउँसम्म पुग्न बोट वा ट्युबको व्यवस्थापन गर्ने प्रयास भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij